०४ जेठ २०८२, शनिबार
Tags

मोरङ्ग र झापाबाट २१ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ

रणभूमी डेस्क शनिबार, जेठ ०४, २०८२

विराटनगर / झापा र मोरङको विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर लगायत लागूऔषध सहित २१ जनालाई पक्राउ गरेको छ।

जेष्ठ २ गते मोरङको रतुवामाई नगरपालिका-२ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त टोलीले चेकजाँचको क्रममा १८ जनालाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकाहरूको साथबाट प्रहरीले कूल ३९ ग्राम भन्दा बढी ब्राउन सुगर बरामद गरेको छ।

उर्लाबारी नगरपालिका-४ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीले ४९ वर्षीया लिला कुमारी थारु र उनका दुई छोराहरूलाई २.९६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यसैगरी, झापाको बिर्तामोड-५ बाट लागूऔषध व्यूरो काँकडभिट्टा टोलीले मेचिनगर-१० का २३ वर्षीय अंकित खरेललाई १.७२ ग्राम ब्राउन सुगर र ९ क्याप्सुल निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरू उपर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्