०६ जेठ २०८२, सोमबार
Tags

लापरवाही पूर्वक चलाएको एम्बुलेन्स ट्राफिक कारवाहीमा

रणभुमी डेस्क आइतबार, जेठ ०५, २०८२

विराटनगर / विराटनगरमा जेठ ४ गते ट्राफिक नियम उल्लंघन गर्ने उदयपुर जिल्ला अस्पतालको एम्बुलेन्स चालकलाई कारबाही गरिएको छ। प्रदेश १-०४-००१ झ ००६३ नम्बरको सरकारी एम्बुलेन्स चालक दिनेश शाहीले न्यूरो अस्पताल अगाडि लापरवाहीपूर्वक एम्बुलेन्स चलाएको पाइएपछि उनलाई ५०० रुपैयाँ जरिवाना गरिएको हो।

यस घटनाले ट्राफिक नियम सबैलाई समान रूपमा लागू हुने सन्देश दिएको छ। सार्वजनिक सेवामा प्रयोग हुने सवारी साधन भए पनि नियम पालना गर्नुपर्ने महत्वपूर्ण पक्षलाई यस कारबाहीले उजागर गरेको छ।

“कुनै पनि सवारी चालकले आफ्नो पेशागत जिम्मेवारी निभाउँदा पनि ट्राफिक नियमको पालना गर्नु अत्यावश्यक छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी निरिक्षक राजन लम्सालले भने। “एम्बुलेन्स जस्ता आपतकालीन सेवा प्रदान गर्ने सवारी साधनहरूले पनि सडक सुरक्षा नियमको पालना गर्दा समग्र यातायात व्यवस्था सुरक्षित हुन्छ।”

यस कदमलाई समाजका विभिन्न वर्गबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। नागरिकहरूले कानुनको शासन सबैमा समान रूपमा लागू हुनुपर्ने विषयमा जोड दिएका छन्। यस्तो कारबाहीले सडक सुरक्षा प्रति जनचेतना बढाउन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्