०६ जेठ २०८२, सोमबार
Tags

सशस्त्र प्रहरीले जोगवनी नाकाबाट ३ किलो चाँदी पक्राउ

रणभूमी डेस्क सोमबार, जेठ ०६, २०८२

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले जोगवनी नाकाबाट करिब ३ किलो चाँदी पक्राउ गरेको छ।

भन्सार कार्यालयको १ नम्बर ढाटमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक राम कुमार थापा सहितको ड्युटी टोलीले सोमवार १२ बजेको समयमा २ हजार ९ सय ९७ ग्राम चाँदी एक साइकलमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको कडाइ भन्सारको कार्यालयको १ नम्बर ढाट स्थित दशगजा नजिकै भएका कारण चीनी भनी सशस्त्र प्रहरीले झोला जाँच गरिरहेको बेला चाँदी ओसार्ने व्यक्ति झोला त्यही छोडी भारततर्फ विलाएका थिए ।

गुल्मका अनुसार बरामद चाँदीको शुद्धता परीक्षण गर्दा ५५% शुद्ध रहेको पाइएको छ। हाल बजारमा चाँदीको भाउ १ हजार ९ सय ६० रुपैयाँ प्रति तोला रहेकोमा भन्सार दाखिला गर्दा भन्सार नियमानुसार १ हजार ५०० रुपैयाँ तोलाको दरले मूल्यांकन गरिएको छ।

सीमा सुरक्षा गुल्म रानीका गुल्मपति सप्रनाउ अम्मर बहादुर खत्रीले जानकारी दिए अनुसार उक्त चाँदीको भन्सार मूल्यांकन २ लाख रुपैयाँभन्दा बढी हुने बताइएको छ। हाल चाँदी भन्सार बुझाउने प्रक्रिया भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्