२३ भाद्र २०८२, मंगलबार
Tags

बिर्तामोड नगरपालिकामा जेनजी प्रदर्शनकारीको तोडफोड, स्थिति तनावग्रस्त

रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

झापा / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीहरूले नगरपालिकाको गेटतर्फ ढुङ्गा प्रहार गर्दै भित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। बल प्रयोग रोक्न प्रदर्शनकारी नमान्दा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

तोडफोडका क्रममा केही सवारीसाधन र भवनका शीशामा क्षति पुगेको बताइएको छ। झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने नगरपालिकाको वरपर कडा निगरानी गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्