०६ जेठ २०८२, सोमबार
Tags

हराएको मोटरसाइकल जोगवनी नजिकैबाट चोर सहित फेलापर्यो प्रहरीले

रणभुमी डेस्क सोमबार, जेठ ०६, २०८२

बिराटनगर / मोरङ प्रहरीले बिराटनगरबाट चोरी गरिएको मोटरसाइकलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जेठ २ गते साँझ करिब ६ बजे बिराटनगर महानगरपालिका-१५ स्थित मनकामना विद्यालय अगाडिको पार्किङ स्थलबाट हराएको लक्ष्मण घिमिरेको नाममा दर्ता रहेको प्र.१-०४ ००१ प ९३२७ नम्बरको रातो अपाची मोटरसाइकल फेला परेको हो।

इलाका प्रहरी कार्यालय रानीमा हराएको सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षक सुबास अधिकारीको कमाण्डमा इलाका प्रहरी कार्यालय रानी र सीमा प्रहरीको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो।

जेठ ४ गते बिहान करिब १० बजे बिराटनगर महानगरपालिका वडा नं. १६ दरैया स्थित नेपाल-भारत सीमानाबाट भारतको जोगबनी निवासी २२ वर्षीय कपिल कुमार साहलाई चोरी गरेको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्