०७ बैशाख २०८१, शुक्रबार
Tags

सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला

रणभूमी बुधबार, साउन २०, २०७८

कैलाली / श्रावण २०, एक जना सशस्त्र प्रहरी जवान कार्यालय परिसर भित्रै जमेको पानीमा मृत अवसथामा फेला परेको छ ।

बिहान अन्दाजी ०५:४५ बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत जिल्ला डडेल्धुरा भागेश्वर गा.पा.१ बस्ने बर्ष ३१ को सशस्त्र प्रहरी जवान हरिष कुमार शाही सोही कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको हाे । घट्नाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्रहरी टोली खटिई घटनास्थलको लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी लाश पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा पठाएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्