११ जेठ २०८२, शनिबार
Tags

रानी-जोगवनी नाकामा कडाइ: सर्वसाधारणलाई मात्र कष्ट, व्यापारीहरु भने सुरक्षित

रणभूमी डेस्क शुक्रबार, जेठ १०, २०८२

विराटनगर / गृहमन्त्री रमेश लेखकले तस्करी रोक्न भनेपछि रानी-जोगवनी नाकामा भएको कडाइ पूर्णरूपमा झुटो साबित भएको छ। यो तथाकथित कडाइले साधारण जनतालाई मात्र सताएको छ भने तस्करहरूलाई केही नगरेको छ।

गृहमन्त्री लेखक विराटनगर आएपछि प्रदेशस्तरीय सुरक्षा बैठकमा प्रदेशभरका सुरक्षा प्रमुखहरूलाई एक महिनाभित्र तस्करी देखिने गरी तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए। यसपछि तस्करी भयो भनेर तुरुन्तै सशस्त्र प्रहरी रानी गुल्मका डिएसपी ऋषिकेश राउतलाई सर्व गरेर डिएसपी अमर बहादुर खत्रीलाई ल्यायो ।

मन्त्रीको निर्देशनपछि रानी-जोगवनी नाकामा एक-दुई दिन कडाइको दृश्य देखिए तर यो कडाइ केवल दिखावा मात्र थियो भन्ने कुरा त्यहाँ देखिने व्यापारीहरूको भिडभाडले पुष्टी हुन्छ । भन्सारमा खटेको सुरक्षाकर्मीहरूले पत्रकारहरूको क्यामेराको अगाडि व्यापारीहरूको सामान पक्राउ गरेर देखाए तर ड्युटी सकिएपछि त्यही सामान चुपचाप फिर्ता दिए। यसले स्पष्ट रूपमा प्रमाणित गर्छ कि सम्पूर्ण कडाइ केवल आँखा धुलो फ्याँक्ने काम मात्र थियो।

वास्तविक क्यारिंग गर्ने विलेकिया र तस्करहरु त सुरक्षित रहे तर साधारण जनता पीडित भए। १३ सय रुपैयाँको सानो कट्टु पनि निर्ममतापूर्वक जफत गरियो। विराटनगर १६ स्थित रानी एरियामा सातु बेच्ने एक महिलाको घटनाले यसको पुष्टि गर्छ। उनले आफ्ना चार बच्चाका लागि बट सावित्री पूजाको अवसरमा मात्र १३ सयको कपडा ल्याएकी थिइन्। तर महिला सुरक्षाकर्मीले त्यो खोसेर राखे र फिर्ता दिएनन्। “मेरो घरमा चार वटा बच्चा छन्। बट सावित्री पूजाको लागि बच्चाहरूको लागि १३ सयको कपडा ल्याएको थिएँ। महिला सुरक्षाकर्मीले खोसे र फिर्ता दिएनन्,” उनले दुःखका साथ भनिन्।

यसले स्पष्ट रूपमा देखाउँछ कि साँचो व्यापारीहरुलाई नछुन्दा र साधारण जनतालाई सताउँदा यस्तो कडाइको कुनै अर्थ नै छैन। यो भ्रष्टाचार र मिलेमतोको अर्को रूप मात्र हो।

यहाँ कमेन्ट गर्नुहोस्