१० जेठ २०८२, शनिबार
Tags

धनकुटामा ८९० केजी गाँजासहित एक पक्राउ

रणभूमी डेस्क शनिबार, जेठ १०, २०८२

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका-५ बाट ८ सय ९० किलोग्राम गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले जेठ १० गते बिहान साँगुरीगढी-५ ओख्रे क्षेत्रमा नियमित चेकजाँच गर्दै गर्दा प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडीलाई रोकेर जाँच गरेको थियो।

गाडी जाँच गर्ने क्रममा प्लास्टिकका २९ वटा बोरामा लुकाएर राखिएको ८ सय ९० किलोग्राम गाँजा बरामद भएको छ। उक्त गाडीमा सवार धनकुटा साँगुरीगढी-२ का उल्लास लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका लिम्बु लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीको भनाइ छ। उनलाई गाँजासहित जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक कानूनी कारबाही अघि बढाइने छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

नेपालमा गाँजा उत्पादन, बिक्री र ओसारपसार गैरकानूनी छ। यस्ता मामिलामा संलग्न व्यक्तिलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही गरिन्छ।

यहाँ कमेन्ट गर्नुहोस्