१० जेठ २०८२, शनिबार
Tags

लागुऔषध सहित १० जना पक्राउ

रणभूमी डेस्क शनिबार, जेठ १०, २०८२

विराटनगर / झापा, मोरङ र धनकुटाको विभिन्न स्थानहरूबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागुऔषध गाँजा र ब्राउन सुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा झापाबाट संयुक्त रूपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ वर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ वर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरको हतुवागढी गाउँपालिका-६ का २० वर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का २१ वर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोस्ट बलियाको प्रहरी टोलीले घरबाटै लागुऔषधको कारोबार गर्ने सुन्दरहरैँचा नगरपालिका-५ का २३ वर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ वर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ वर्षीय बिबस लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ वर्षीय शिसिर राई र बेलबारी-११ की ३१ वर्षीया प्रमिला राई समेतलाई लागुऔषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ वर्षीय मौषम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थानबाट प्रतिबन्धित औषधी
ट्रकडोल -९०० चक्की र दियसे -२० -९०० चक्कीसहित पक्राउ गरेको हो।

पक्राउ परेका सबैको विरुद्धमा आवश्यक कानूनी कारबाही भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्