१६ जेठ २०८२, शुक्रबार
Tags

बक्राहा खोला किनारबाट २३० किलो गाँजा बरामद

रणभूमी डेस्क बुधबार, जेठ १४, २०८२

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका-७ बक्राहा खोला किनारमा प्रहरीले २३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

जेठ १४ गते बिहान सवा ३ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी, बरडंगा र झपडतलबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो।

खोला किनारमा ७ वटा प्लास्टिकको बोरामा बेवारीसे अवस्थामा राखिएको २३० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गाँजासँगै ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्