१८ जेठ २०८२, आइतबार
Tags

यस वर्ष मनसुन १५ दिन अगावै नेपाल प्रवेश

रणभूमी डेस्क शनिबार, जेठ १७, २०८२

विराटनगर / सामान्यतया जुन १३ (जेठ ३०) मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष असाधारण रूपमा चाँडो, जेठ १६ गते (बिहीबार राति) नै पूर्वी नेपालबाट प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मनसुन चाँडै सक्रिय भएको हो। विभागका अभिलेखअनुसार सन् १९९६ मे ३१ पछि यो नै सबैभन्दा चाँडो मनसुन प्रवेश भएको वर्ष हो।

भारतको केरला राज्यमा समेत यो वर्ष मनसुन सामान्य मितिभन्दा आठ दिन अगाडि, गत शनिबार नै प्रवेश गरेको थियो। केरला राज्यमा मनसुन सुरु भएको लगभग एक साता भित्रै नेपालमा यसको प्रभाव देखिन थालेको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हाल कोशी प्रदेशका अधिकांश भूभागमा फैलिसकेको छ। शुक्रबार दिउँसो ३ बजे जारी गरिएको ‘मनसुन आगमन बुलेटिन’मा अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको उल्लेख गरिएको छ। विभागले केही दिनभित्र देशभर मनसुन विस्तार हुने जानकारी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्