
रणभूमी डेस्क सोमबार, जेठ १९, २०८२

विराटनगर / धरानका एक युवकको हराएको स्कुटर ईलाका प्रहरी कार्यालय रानी (सीमा)को प्रहरीले फेला पारी धनीलाई फिर्ता गरेको छ।
सुनसरी धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने शागर श्रेष्ठको नाममा रहेको को २४ प ९२५१ नम्बरको टिभीएस कम्पनीको स्कुटर मोरङ विराटनगर महानगरपालिका १६ स्थित बाट फेला परेको हो।
इलाका प्रहरी कार्यालय रानी (सिमा) बाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उक्त स्कुटर फेला पारेको थियो। प्रहरीले सम्बन्धित स्कुटर धनी श्रेष्ठलाई जिम्मा बुझाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्