२३ जेठ २०८२, शुक्रबार
Tags

सुनसरीबाट ३८ बोरा गाँजा बरामद

रणभूमी डेस्क बुधबार, जेठ २१, २०८२

सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा क्षेत्रबाट जेठ २० गते करिब १ हजार १२० केजी गाँजा बरामद गरिएको छ। बोर्डर आउट पोष्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले ३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा संचालित अभियानको क्रममा यो ठूलो मात्रामा गाँजा बरामद भएको हो। हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्