
रणभूमी डेस्क सोमबार, जेठ २६, २०८२

काठमाडौं / नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूबाट ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, नाईट्राजेपाम, प्रोक्सिको स्पासलगायत लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
मोरङको बेलबारी, विराटनगर र उर्लाबारीबाट ६ जना पक्राउ परेका छन्। बेलबारी नगरपालिका–२ बाट २५० मिलिग्राम ब्राउनसुगरसहित बिट्टु भगत र मिथलेस शर्मा, विराटनगर–१६ बाट ४.५८ ग्राम हेरोइनसहित निरन लिम्बु र उर्लाबारीबाट ५५ ग्राम हेरोइन, दुई डिजिटल तराजु र झन्डै तीन लाख नगदसहित रजत थापा पक्राउ परेका हुन्।
पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारबाट ३.५१ ग्राम हेरोइनसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूमा गणेश सुजी, पर्वत तामाङ, रिदिमा बर्देवा, दिपेन केरूङ र बिरबल राई रहेका छन्।
नवलपरासी पश्चिमको बर्दघाटबाट निशेष परियार नाईट्राजेपाम ११ ट्याब्लेट र प्रोक्सिको स्पास ६६ ट्याब्लेटसहित पक्राउ परेका हुन्।
बाँके र बर्दियाबाट पनि ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। बाँकेबाट २१० मिलिग्रामसहित सुनिल बुढा र बर्दियाबाट १.५४ ग्रामसहित पारस थारू पक्राउ परेका हुन्।
सिन्धुलीको कमलामाई–८ बाट १९ वर्षीय चन्द्र बहादुर तामाङ ट्रामाडोल ७४ ट्याब्लेटसहित, मकवानपुरको हेटौंडाबाट आशिष अधिकारीसहित दुई जना ट्रामाडोल १६० ट्याब्लेटसहित र कञ्चनपुरको बेलौरी–६ बाट ४५० मिलिग्राम हेरोइनसहित इन्द्रजित राना र अन्य दुई जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।