०१ आषाढ २०८२, सोमबार
Tags

घरेलु हिंसामा दुई जनाको मृत्यु, दुबै अभियुक्त पक्राउ

रणभूमी आइतबार, जेठ ३२, २०८२

काठमाडौं / घरायसी विवादका कारण भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुबै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोलमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ। घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरिएको हो।

त्यस्तै अर्घाखाँचीमा आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यी दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्