१२ बैशाख २०८१, बुधबार
Tags

प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी पक्राउ

रणभूमी बुधबार, साउन २०, २०७८

विराटनगर / श्रावण २०, १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी नक्कली परिक्षार्थी सहित ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला भोजपुर पौवादुङ्‌मा गाउँपालिका वडा नं.-६ बस्ने बर्ष २३ को सुर्य राई भन्ने व्यक्तिले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि जिल्ला भोजपुर पौवादुङ्‌मा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को संगम राईबाट नगद रू.१ लाख १८ हजार रुपैयाँ, जिल्ला भोजपुर पौवादुङ्‌मा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १९ को सागर राईबाट नगद रू १ लाख १८ हजार रुपैयाँ र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष १९ को सरोज राईबाट नगद रू. २ लाख रुपैयाँ लिएको खुल्न आएको र उक्त कार्यमा संलग्न अन्य दुई जना जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं.३ बस्ने बर्ष २१ को खपाङ राई र जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष २७ को राज कुमार राई गरी जम्मा ६ जनालाई १ नं. प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको छ ।

शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्