
पवन शाह मंगलबार, आषाढ ०२, २०८२

मनाङ / मनाङ जिल्लाको नासो गाउँपालिका–९ दानाक्यूस्थित सिनो हाईड्रोपावरमा कार्यरत एक व्यक्तिलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति लमजुङको मर्स्याङदी गाउँपालिका–३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङ रहेका छन्। उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय मनाङमा दर्ता भएपछि प्रहरीले अनुसन्धानका लागि उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको हो र हाल थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यस घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ भने बालिकाको संरक्षण र न्यायका लागि विभिन्न संघ–संस्थाहरूले चासो देखाएका छन्।
प्रहरीले यस विषयमा कानुनी प्रक्रिया अनुसार आवश्यक कारबाही अगाडि बढाइने जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्