०४ आषाढ २०८२, बिहिबार
Tags

कलैया बघवनमा हत्या: तीन जना पक्राउ, अनुसन्धान जारी

पवन शाह बुधबार, आषाढ ०३, २०८२

बारा / कलैया उपमहानगरपालिका–१४ बघवनमा भएको एक हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मृतक ५० वर्षीय नन्दु राउत कुर्मीको जेठ २९ गते साँझ भएको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको थियो।

पक्राउ पर्नेहरूमा कलैया–१४ बघवन टोलकी ३८ वर्षीया रन्जु जैसवाल, उनका २० वर्षीय छोरा सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन्। प्रहरीले जानकारी दिएअनुसार, पुरानो रिसइवीका कारण कुटपिट भएको जनाइएको छ।

यस घटनामा पहिले नै संलग्न एक अभियुक्त २८ वर्षीय दिगम्बर साह कलवारलाई प्रहरीले घटनाको दिन नै पक्राउ गरिसकेको थियो। अनुसन्धानको क्रममा फरार रहेकी रन्जुलाई कलैया–५ बाट तथा उनका दुई छोराहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१ स्थित शान्ति टोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनीहरूविरुद्ध ज्यानसम्बन्धी कसूरअन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्