०७ आषाढ २०८२, आइतबार
Tags

बर्दियामा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

पवन शाह आइतबार, आषाढ ०७, २०८२

बर्दिया / बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित बैदी डेरा गरी बस्ने १९ वर्षीय बसन्त बिसीलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

पीडित बालिकाका तर्फबाट प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो बिसीलाई नियन्त्रणमा लिएको हो। उनी बारबर्दिया नगरपालिका–८ थानफेना घर भई हाल बैदीमा डेरा गरी बस्दै आएका थिए।

प्रहरीका अनुसार बिसीले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने प्रारम्भिक जानकारीको आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय जयनगरका अनुसार कानुनी प्रक्रियाअनुसार पीडितको स्वास्थ्य परीक्षण गरिनुका साथै घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको छ।

यस घटनाले स्थानीय समाजमा चासो र चिन्ता थपिएको छ। प्रहरीले बालिका तथा महिला हिंसाविरुद्ध जीरो टोलरेन्स नीति अनुरूप कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्