१३ आषाढ २०८२, शनिबार
Tags

सप्तरीमा ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी, दुई जना पक्राउ

पवन शाह शुक्रबार, आषाढ १२, २०८२

सप्तरी / सप्तरी जिल्लामा एक ३५ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले शुक्रबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा बलान बिहुल गाउँपालिका–१, बलान पटि टोल निवासी ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका छन्। उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने आरोपमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ भने पीडित महिलाको सुरक्षासहित आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पनि सुरु गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्