२३ आषाढ २०८२, मंगलबार
Tags

स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना पक्राउ

पवन शाह बुधबार, आषाढ १७, २०८२

पर्सा / स्रोत नखुलेको हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जना व्यक्ति २८ लाख २८ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार पर्सा र बाराका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिल कुमार बर्णवालको साथबाट मकालु चोकबाट रु. ९ लाख ४७ हजार बरामद गरिएको छ।

वीरगञ्ज महानगरपालिका–३ आदर्शटोलका २३ वर्षीय बिनित कुमार श्रीवास्तवको साथबाट लिंकरोडस्थित कृषी विकास बैंक नजिकै रु. १५ लाख ८१ हजार नगद र विभिन्न बैंकका ८ थान चेक फेला परेका छन्।

यस्तै, बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दिपक कुमार सोनारको साथबाट रजत जयन्तीचोकमा रु. ३ लाख नगद फेला परेको छ। उनी ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार थिए।

पक्राउ परेका तीनैजनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्