
पवन शाह बुधबार, आषाढ १७, २०८२

रूकुम पश्चिम / आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकी पक्राउ परेका छन्।
मंगलबार राति आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हत्या सम्बन्धी सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले चन्द्र बहादुरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ। शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।
प्रहरीले घरेलु हिंसाबाट हुने घटनाहरू रोक्न समुदायस्तरमै सचेतना अभियान चलाउनुपर्ने आवश्यकता रहेको जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्