२३ आषाढ २०८२, मंगलबार
Tags

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ

पवन शाह बुधबार, आषाढ १७, २०८२

इलाम / कर्तव्य ज्यान मुद्दामा ४५ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई इलाम प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत इलामले २०३८ साल जेष्ठ ११ गते १० वर्ष कैद सजाय सुनाएको ती प्रतिवादीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–५ का ७६ वर्षीय तील बहादुर गुरुङ रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष टोलीले सन्दकपुरकै वडा नम्बर ५ मा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङलाई जिल्ला कारागार इलाम चलान गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्