२४ आषाढ २०८२, बुधबार
Tags

प्रतिबन्धित लागू औषधसहित ८ जना पक्राउ

पवन शाह बुधबार, आषाढ २४, २०८२

विराटनगर / कोशी प्रदेश का विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ। मोरङ, सुनसरी र धनकुटाको ३ छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भोजपुरको आमचोक–८ घर भई हाल सुनसरीमा बसोबास गर्ने २१ वर्षीय अंकित मगरलाई ९ किलो ५ सय ग्राम गाँजासहित पक्राउ गरेको हो। त्यस्तै, बराहक्षेत्र–६ की २० वर्षीया रोसिता गिरी, बराहक्षेत्र–९ की २० वर्षीया रस्मिता राई, ईटहरी–३ का २२ वर्षीय समित राई र ईटहरी–५ का २० वर्षीय प्रसाङ ढकाललाई ४ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

यस्तै, इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी–३ का ३० वर्षीय बुद्धराज राई र ३० वर्षीया पुष्पा थापालाई १ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

साथै, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले धनकुटाको पाख्रीबास–४ का २७ वर्षीय मिगुर शेर्पालाई २२ पिस ट्याब्लेट र २२ पिस क्याप्सुलसहित नियन्त्रणमा लिएको छ।

प्रहरीले सबै पक्राउ परेका विरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्