
रणभूमी सम्वाददाता सोमबार, भाद्र १५, २०८२

विराटनगर / सुनसरी र झापामा प्रहरीले अलगअलग स्थानबाट दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रामधुनी र पकलीको संयुक्त टोलीले भदौ १५ गते सुनसरीको रामधुनी नगरपालिका–५ का ३० वर्षीय सागर राईलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा दिदीको घरमा बसिरहेको अवस्थामा फेला परेका उनलाई चेकजाँच गर्दा साथमा १०५ ग्राम ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले सोही दिन मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय शिव श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठको साथबाट प्रहरीले १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो।
प्रहरीले दुबै घटनामा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्