०८ बैशाख २०८१, शनिबार
Tags

घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु

रणभूमी शुक्रबार, साउन २२, २०७८

झापा / श्रावण २१, झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ ।

हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बि एन्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएकाे छ ।

यहाँ कमेन्ट गर्नुहोस्