२४ भाद्र २०८२, बुधबार
Tags

जेनजी आन्दोलनमा मेयर बालेनको अपिल : “अब घर फर्कनुहोस्”

रणभूमी सम्वाददाता मंगलबार, भाद्र २३, २०८२

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई घर फर्कन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले देशको भविष्य नयाँ पुस्ताको हातमा आइसकेको भन्दै आन्दोलन जारी रहँदा हुने क्षति सबैको साझा हुने चेतावनी दिएका छन्।

‘देश तपाईंहरुकै हातमा हो, तपाईंहरूले नै बनाउनुपर्ने हो,’ उनले भनेका छन्, ‘अब हुने क्षति तपाईं हाम्रो नै हुनेछ। अब घर फर्किनुहोस्।’

यसअघि डा. सन्दुक रुइतसहितका नागरिक अगुवा तथा प्रख्यात पेशाकर्मीहरूले पनि सरकार आन्दोलनसमक्ष झुकेको भन्दै अब आन्दोलन रोक्न अपिल गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्