०३ आश्विन २०८२, शनिबार
Tags

मोरङको जहदामा कौडा खेल्दै गरेका ३ जना पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, आश्विन ०२, २०८२

विराटनगर / मोरङको जहदा गाउँपालिका–४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका–३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसहित अन्य दुई जना रहेका छन्।

इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति छापा मार्दा उनीहरूलाई नगद ४८ हजार ६१५ रुपैयाँ र १४ थान कौडा सहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्