१४ बैशाख २०८१, शुक्रबार
Tags

नेपालीहरु कोबिड सिल्डको दोश्रो खोप लगाउन गलत तरिका प्रयोग गरेको आरोप

रणभूमी शुक्रबार, साउन २२, २०७८

विराटनगर / श्रावण २२, नेपालमा कोरोना विरुद्धको खोप कोबिड सिल्ड भ्याक्सिन पहिलो डोज लगाएका नेपालीहरु कोबिड सिल्ड भ्याक्सिनको दोश्रो चरणको खोप लगाउन नपाएपछी गलत तरिका प्रयोग गरी भारतमा भ्याक्सिन लगाउनको निम्ती धाउन थालेका छन् ।

कोबिड सिल्ड भ्याक्सिनको पहिलो चरणको खाेप लगाई सकेर दोश्रो चरणको खोप लगाउन नपाएका धेरै नेपाली नागरिकहरु भारतकाे खोप केन्द्रहरूमा खोप बुकिङ गराउन बिभिन्न तरिका अपनाउने गरेको जोगबनी खोप केन्द्रको स्वस्थयकर्मीहरुको दाबी छ । कोबिड सिल्डको दोश्रो डोज लगाउन नेपालीहरुले भारतमा बस्ने भारतीयहरूको पहिचान पत्र देखाई, नेपाली राहदनी पेश गरी तथा गलत कागज पत्रहरू पेश गरी भ्याक्सिन बुकिङ गर्नेगरेको आरोप लगाए । भारतीय स्वास्थ्य अधिकारी भन्छन् नेपालीहरुले आर्थिक प्रलोभन दिएर भ्याक्सिन नलगाएको भारतीय नागरिकहरुको पहिचान पत्र को धमिलो अनुहार नबुझिने प्रतिलिपि लिएर आउँछन् । सक्कली परिचय पत्र माग्दा उपलब्ध हुदैन त्यसैगरी नेपालीहरुले भ्याक्सिनको लागि राहदानी समेत पेश गर्नेगरेको पाईएको बताउँछन् । कोई कोई नेपालीहरु भारतमै सधैं भरी काम गर्नेगरेको सिफारिस समेत लिएर आउनेगरेको बताउँछन् ।

तर यी सबै नेपालीहरुले पहिलो खोप लगाईसकेर सरकारको कमजोरीले समयमा दोश्रो खोप नपाएपछी संघर्ष गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्