०३ आश्विन २०८२, शनिबार
Tags

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, आश्विन ०२, २०८२

काठमाडौं /दुई फरक–फरक घटनामा दुई जना पुरुषलाई नाबालिका बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीपछि इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्