०७ कार्तिक २०८२, शुक्रबार
Tags

विराटनगरको मटेरुवा नाकाबाट अवैध १४ लाख ५० हजारसहित एकजना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, आश्विन ०७, २०८२

विराटनगर / मोरङ प्रहरीले विराटनगर–१७ मा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको अवैध रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले को.३८ प.५८५१ नम्बरको मोटरसाइकललाई शंका लागी रोक्दा चालकले लुकाएर ल्याएको नगद फेला पारेको हो। विराटनगर–१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साह पक्राउ परेका छन्।

प्रहरीले साहको साथबाट स्रोत नखुलेको नगद १४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ। बरामद रकमसहितको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिएकी छिन्।

यहाँ कमेन्ट गर्नुहोस्