११ कार्तिक २०८२, मंगलबार
Tags

बिर्तामोडमा हत्या प्रकरण: एक पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, आश्विन ०७, २०८२

झापा / झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा ३६ वर्षीय फुर्बा तामाङको हत्या भएको छ।

मंगलबार बिहान तामाङकै घरमा डेरा गरी बस्ने २८ वर्षीय प्रेम कुमार राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, राईले धारिलो हतियार प्रहार गर्दा तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले राईलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्