रणभूमी सम्वाददाता बुधबार, आश्विन ०८, २०८२
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ८३५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भन्सार कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको ४८ वर्षीय रोनक मदनी रहेका छन्। मुम्बईबाट ईण्डिगो एयरमार्फत काठमाडौं आएका उनलाई मंगलबार दिउँसो आगमन भन्सार क्षेत्रमै चेकजाँच गर्दा शंका लागेपछि नियन्त्रणमा लिइएको थियो।
त्यसपछि केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गरिएको क्रममा उनले मलद्वारमा लुकाइएका तीनवटा डल्लामा सो पदार्थ ल्याएको खुलेको हो। बरामद पदार्थको तौल करिब ८३५ ग्राम रहेको बताइएको छ।
पक्राउ परेका मदनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्