
रणभूमी सम्वाददाता बुधबार, आश्विन ०८, २०८२

दाङ / आफ्नै श्रीमती ५७ वर्षीया लिला पुनको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सुकरामले लिलालाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्