०७ कार्तिक २०८२, शुक्रबार
Tags

विराटनगर १४ मा जुवा खेलाडी पक्राउ, ८५ हजार नगदसहित ४ जना नियन्त्रणमा

रणभूमी सम्वाददाता बिहिबार, आश्विन ०९, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. १४ मा जुवा तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट ८५ हजार ९८५ रुपैयाँ नगद र ३ वटा मोटरसाइकल बरामद भएको छ।

भाद्र ८ गते राति १० बजे जतुवा बस्ने राजेश रञ्जितकारको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले छापामारी गरेको थियो। प्रहरीले घटनास्थलबाट १ बुङ तास, नगद ८५ हजार ९८५ रुपैयाँ र ३ वटा मोटरसाइकल सहित ४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

पक्राउ परेकाहरुमा विराटनगर महानगरपालिका-१४ का ४२ वर्षीय सानु खवास, सोही ठाउँका ४५ वर्षीय राजेश रञ्जितकार, सोही ठाउँका ४२ वर्षीय प्रशान्त थापा र विराटनगर-१६ का ५९ वर्षीय कैलाश डंगोल रहेका छन्।

प्रहरीले बरामद गरेका सामानमा प्र १-०२-०५५ प ७५६८, को ७ प ७२९६, को ४ प ४६३४ नम्बरका ३ वटा मोटरसाइकल र ३ वटा मोबाइल फोन पनि समावेश छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्