
मोहमद अकील आइतबार, आश्विन १२, २०८२

इटहरी / नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा इटहरीमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
इटहरी–८ र १४ नं वडास्थित पुष्पलाल चोकमा अस्थायी प्रहरी चौकी व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभाष हमाललाई विशेष स्वागत गरिएको हो।
कार्यक्रममा उपस्थित वक्ताहरुले चाडपर्वले नेपाली समाजलाई आपसी सद्भाव, एकता र मिलनमा बाँध्ने उल्लेख गर्दै प्रहरी प्रशासन र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
डीएसपी हमालले नागरिक र प्रहरीबीचको विश्वास तथा सहकार्यकै आधारमा शान्ति–सुरक्षा कायम गर्न सकिने भन्दै चाडपर्वमा सबैलाई सतर्क रहि सहकार्य गर्न आग्रह गरे।
कार्यक्रममा स्थानीय सामाजिक अगुवा, जनप्रतिनिधि, व्यापारी, सर्वसाधारण लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
यहाँ कमेन्ट गर्नुहोस्