०७ कार्तिक २०८२, शुक्रबार
Tags

सुनसरीमा ६३७ किलो गाँजा बेवारिसे अवस्थामा बरामद, दुई महिला पक्राउ

रणभूमी सम्वाददाता आइतबार, आश्विन १२, २०८२

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-७ बाट प्रहरीले बेवारिसे अवस्थामा रहेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बरामद गरेको छ। चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत गस्तीमा खटिएको प्रहरी टोलीले यो ठूलो मात्रामा लागू औषध बरामद गरेको हो।

अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले असोज १२ गते राति २ बजेको समयमा कोशी गाउँपालिका-७ स्थित पूर्व-पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला पारेको थियो।

यसैबीच, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई महिलालाई गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा लहान नगरपालिका-१७ की लिला देवी राम र लहान-८ की अस्मिता राम रहेका छन्। लिला देवी रामसँग ६ किलो ८४६ ग्राम र अस्मिता रामसँग ५ किलो ६ ग्राम गाँजा बरामद भएको छ।

प्रहरीले बेवारिसे अवस्थामा बरामद भएको गाँजाको ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास गरिरहेको जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा लागू औषधको ओसारपसारमा वृद्धि भएको भन्दै प्रहरीले सतर्कता अपनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्