२८ आश्विन २०८२, मंगलबार
Tags

लागु औषध दुर्व्यसन विरुद्ध ईप्रका रानीको पर्चा वितरण सचेतना अभियान

रणभूमी सम्वाददाता आइतबार, आश्विन २६, २०८२

विराटनगर / जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ स्थित २ नं. ढाटमा नेपाल-भारत सीमा नाकामा लागु औषध दुर्व्यसन र अवैध कारोबार विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको संयुक्त समन्वय तथा सहकार्यमा आइतबार सञ्चालन गरिएको उक्त कार्यक्रममा सीमा नाकाबाट आवतजावत गर्ने यात्रुहरूलाई सचेतनामूलक पर्चा पम्प्लेट वितरण गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य लागु औषधको दुर्व्यसनबाट हुने हानि तथा अवैध कारोबारको गम्भीरताबारे जनचेतना अभिवृद्धि गर्नु रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ। सीमावर्ती क्षेत्र भएकाले यस क्षेत्रमा लागु औषधको ओसारपसार र दुर्व्यसनको जोखिम बढी रहेको भन्दै प्रहरीले यस्तो सचेतना अभियान नियमित रूपमा सञ्चालन गर्ने बताएको छ।

कार्यक्रममा प्रहरी प्रशासनले लागु औषध सेवन र ओसारपसारमा संलग्न हुनेहरूलाई कानूनी कारबाही गरिने चेतावनी समेत दिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले समुदायस्तरमा यस्तो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्