२७ आश्विन २०८२, सोमबार
Tags

विभिन्न जिल्लाबाट लागूऔषध सहित १३ जना पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

काठमाडौं / देशका विभिन्न जिल्लाबाट लागूऔषध सहित आइतबार १३ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौं, मोरङ, झापा, बाँके, मुगु, धनुषा र सुनसरीबाट लागूऔषध सहित आइतबार विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौंमा ३ भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७५ ग्राम सहित ३ जना भारतीय नागरिक आइतबार दिउँसो पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब बशिर रहेका छन्। एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

मोरङमा नियन्त्रित औषधि सहित १ पक्राउ

पथरी शनिश्चरे नगरपालिका-४ शान्तिचोक बस्ने २२ वर्षीय दशरथ राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४१ ट्याब्लेट र डाईजेपाम ४९ ट्याब्लेट सहित आइतबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारेको हो।

सुनसरीमा २६ किलो गाँजासहित २ पक्राउ

गढी गाउँपालिका-४ छिटाहा नहरस्थित सडकबाट अवैध लागूऔषध गाँजा २६ किलोग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय विशाल राई समेत २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुबहीबाट खटिएको प्रहरीले स.२ प ७१४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

झापामा नगदसहित १ पक्राउ

मेचीनगर नगरपालिका-१० धुलाबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र नगद १७ हजार ५ सय रुपैयाँ सहित सोही नगरपालिका-१५ बस्ने ३६ वर्षीय कुमोलाल राजबंशी पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बाँकेमा २ जना पक्राउ

नेपालगंज उपमहानगरपालिका-१३ लालापुरूवाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका-११ बस्ने ३१ वर्षीय दिल प्रसाद थारू र बर्दिया बाँसगढी नगरपालिका-१ बबई बस्ने २१ वर्षीय सुशील विकलाई वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

मुगुमा चरेससहित १ पक्राउ

छायाँनाथ रारा नगरपालिका-११ घर भई सोही नगरपालिका-१ मा खुद्रा पसल संचालन गर्ने २९ वर्षीय मन बहादुर ऐडीलाई चरेश जस्तो देखिने पदार्थ ६६ ग्राम २ सय ७० मिलिग्राम सहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

धनुषामा सीमा क्षेत्रबाट १ पक्राउ

बिदेह नगरपालिका-१ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय ९० मिलिग्राम सहित सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने २९ वर्षीय नन्दु सहनी आइतबार बेलुकी पक्राउ परेका छन्। प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्