२७ आश्विन २०८२, सोमबार
Tags

मोरङमा १ लाख ५ हजारको अवैध पटका बरामद, तस्कर फरार

रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

विराटनगर / प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट ठूलो परिमाणमा अवैध पटका बरामद गरेको छ। भारतबाट साइकलमा लुकाइछिपाइ ल्याइएको अन्दाजी १ लाख ५ हजार रुपैयाँ बराबरको पटका प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार बिहान ७ बजेर ४५ मिनेटको समयमा रतुवामाई नगरपालिका–७ ठाकुरचोकमा इलाका प्रहरी कार्यालय सिजुवाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त पटका फेला पारेको थियो। भारतबाट नेपालतर्फ साइकलमा लोड गरी पटका ल्याउँदै गरेका व्यक्तिहरूले प्रहरी देख्नासाथ पटका सोही स्थानमा छाडी फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार बरामद पटका इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीले पटका तस्करीमा संलग्न फरार व्यक्तिहरूको खोजतलास जारी राखेको छ।

प्रहरीले अवैध पटका तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न विभिन्न स्थानमा खोजी कार्य तीव्र पारेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्