२८ आश्विन २०८२, मंगलबार
Tags

विराटनगरमा ३० केजी गाँजासहित सिटी बरामद, चालक फरार

रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. १८ मा प्रहरीले मंगलबार साँझ ठूलो परिमाणमा लागु औषध बरामद गरेको छ।

आइसिपी सडक खण्डबाट फडानीतर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ८२७० नम्बरको सिटिसफारी इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले गाडी छाडेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

दिउँसो साढे ४ बजे भएको घटनामा प्रहरीले परित्यक्त सिटिसफारीको चेकजाँच गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ३० केजी प्रतिबन्धित लागु औषध गाँजा फेला पारेको हो।

बरामद गाँजासहितको सिटिसफारीलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ भने फरार चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ।

यस्तै मात्रामा लागु औषधको ओसारपसार गरिएको यो पहिलो घटना होइन। प्रहरीले यस्ता गतिविधिमाथि कडा निगरानी राख्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्