२८ आश्विन २०८२, मंगलबार
Tags

हराएको मोबाइल केही घण्टामै फेला, वडा प्रहरीद्वारा धनीलाई फिर्ता

रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

विराटनगर / जिल्ला मोरङको सुनवर्षी नगरपालिका वडा नं. ९ निवासी चन्दा कुमारी साहको हराएको मोबाइल फोन केही घण्टाभित्रै फेला परेको छ।

आज बिहान १०:१५ बजे हराएको भिभो ब्राण्डको मोबाइल फोन दिउँसो २:०० बजे फेला परेको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उक्त मोबाइल फेला पारेपछि वडा प्रहरी कार्यालयले मोबाइलको धनी साहलाई कार्यालयमा बोलाई मोबाइल फिर्ता गरेको छ।

मोबाइल कसरी र कहाँबाट फेला परेको भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। तर, वडा प्रहरीको तत्परताले धनीलाई छिटो मोबाइल फिर्ता गर्न सफल भएको स्थानीयवासीले बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्