१३ बैशाख २०८१, बिहिबार
Tags

खसीको मासु भनी बाख्राको मासु बेच्ने पक्राउ

रणभूमी शुक्रबार, साउन २२, २०७८

पर्सा / श्रावण २२ खासीको मासु भनी बाख्रा बेच्ने एक जनालाई अाज प्रहरीले पक्राउ गरेको छ।

अाज दिउँसो ४ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नं. १३ मुर्ली बस्ने अब्दुल अन्सारीले सञ्चालन गरेको मासु पसलमा काम गर्ने वर्ष २८ को रोज अन्सारीले खसीको मासु हो भनी बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटी गएको टोलीले उक्त पसलको तलासी लिँदा बाख्राको मासुमा खसीको अण्डकोष सिलाई बेचिरहेको फेला परेकोले थियाे । रोज अंसारीलाई सो मासुसहित नियन्त्रणमा लिई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको तथा उक्त पसल सञ्चालक अब्दुल अन्सारीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी ओम प्रकाश खनालले बताउनभयो ।

यहाँ कमेन्ट गर्नुहोस्