०६ कार्तिक २०८२, बिहिबार
Tags

फरार बलात्कार आरोपी रानी ईलाकाबाट पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, कार्तिक ०६, २०८२

विराटनगर / विराटनगर महानगरपालिका वडा नं. १६ दरैया टोलमा एक अपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सत्य नारायण नुनियाँका छोरा ४२ वर्षीय राज किशोर नुनिया महतो रहेका छन्। निजले वोल्न नसक्ने अवस्थाकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

घटना भएको दिनदेखि नै फरार रहेका प्रतिवादी आफ्नै घरमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरीले कात्तिक ६ गते बिहान ९ बजे निजलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको टोलीले निजलाई निजकै घरबाट फेला पारी नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका आरोपीलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। प्रहरीले थप अनुसन्धान कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्