रणभूमी सम्वाददाता शनिबार, कार्तिक २२, २०८२
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
कार्तिक २१ गते राति ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको संयुक्त प्रहरी टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीबाट २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको हो।
गाडी चालक भने घटनास्थलबाट फरार भएका छन्। प्रहरीले गाडी चालकको खोजतलास तथा थप अनुसन्धान जारी राखेको जनाएको छ।
लागू औषध ओसारपसार र कारोबार बढ्दो क्रममा रहेको भन्दै प्रहरीले निगरानी र चेकजाँच थप कडाइ गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्