रणभूमी सम्वाददाता सोमबार, कार्तिक २४, २०८२
सुनबर्षी / सुनबर्षी नगरपालिका वडा नं. ५ टकुवास्थित श्री जनता आधारभूत विद्यालय नवाबगंजमा अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नयाँ समिति सर्वसम्मत रूपमा गठन भएको छ।
मिति २०८२ साल कार्तिक २४ गते सोमवार बसेको अभिभावक भेलाले शिक्षा ऐन २०२८ को संशोधन सहितको दफा १२ को उपदफा १ को ‘क’ बमोजिम तीन वर्षको कार्यकालका लागि नयाँ समिति गठन गरेको हो।
गठित ११ सदस्यीय शिक्षक अभिभावक संघ समितिमा मनकुमारी मण्डल अध्यक्ष/संयोजकमा चयन हुनुभएको छ। समितिका अन्य सदस्यहरूमा दीनानाथ मण्डल, बबिता साह, तोसिवा खातुन र पूजा कुमारी मण्डल रहनुभएको छ। यस्तै सुमित्रा देवी मण्डल बुद्धिजीवी सदस्यमा रहनुभएको विद्यालय का प्रधानाध्यापक वीरेन्द्र प्रसाद साहले बताए।
समितिमा विद्यार्थी प्रतिनिधि, वडा प्रतिनिधि, सदस्य शिक्षक र प्रधानाध्यापक पदेन सदस्यका रूपमा रहने व्यवस्था छ।
विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि गठित व्यवस्थापन समितिमा प्रदीप कुमार राजवंशी, चन्द्रकिशोर साह, रञ्जु कुमारी सिंह र खुसबु खातुन सदस्यका रूपमा चयन हुनुभएको छ।
समितिको कार्यकाल तीन वर्षको रहने र आजैको मितिदेखि लागू हुने भएको छ। अभिभावकहरूको पूर्ण समर्थनमा सर्वसम्मत रूपमा गठन भएको यस समितिले विद्यालयको गुणस्तरीय शिक्षा र समग्र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।