०१ मंसिर २०८२, सोमबार
Tags

मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित

रणभूमी सम्वाददाता सोमबार, मंसिर ०१, २०८२

विराटनगर / मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार नगदसहित सम्मानित हुनुभएको छ।

विराटनगर स्थित लायन्स क्लब अफ विराटनगर ग्रीनसिटी र युनिकले आयोजना गरेको पदभार ग्रहण कार्यक्रमका बीच मकालुकर्मी सरदार आइतबार राति सम्मानित हुनुभएको हो। क्लबले सरदारलाई संस्थाले आयोजना गर्दै आएको हरेक सामाजिक काममा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेको क्लबका अध्यक्ष श्यामलाल पौडेलले जानकारी दिनुभयो।

सम्मानित भएका सरदारलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ सी का डिस्ट्रिक्ट गभर्नर बाबुराज थापाले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभयो। पत्रकार सरदारलाई सम्मान गर्नुहुँदै गभर्नर थापाले लायन्स क्लबले आयोजना गर्दै आइरहेको विभिन्न सामाजिक काममा समाचारको माध्यमबाट सहयोग पुर्‍याउनुभएकोमा बधाई दिनुभएको थियो। उहाँले सम्मानित पत्रकार सरदारलाई अगामी दिनमा पनि समाजका लागि कलम चलाउन सुझाव दिनुभयो।

आइतबारदेखि २०२५/०२६ का लागि लायन्स क्लब अफ विराटनगर ग्रीनसिटीको अध्यक्ष पदमा चन्द्र बुढाथोकीले पदभार ग्रहण गर्नुभएको छ। यसअघि क्लबको अध्यक्ष पदमा श्यामलाल पौडेल रहनुभएको थियो।

त्यस्तै, २०२५/०२६ का लागि लायन्स क्लब अफ विराटनगर युनिकका लागि विकास भण्डारीले पदभार ग्रहण गर्नुभएको छ। यसअघि क्लबका अध्यक्षमा पुष्प कटुवाल रहनुभएको थियो।

कार्यक्रममा लियो क्लबका अध्यक्षहरूले पनि पदभार ग्रहण गरेका छन्। लायन्स क्लब अफ विराटनगर ग्रीनसिटी लियोका अंकुश बुढाथोकी र लायन्स क्लब अफ विराटनगर युनिक लियो क्लबका अनुज कार्कीले २०२५/०२६ का लागि पदभार ग्रहण गर्नुभएको छ। यसअघि ग्रीनसिटी लियोका अध्यक्षमा प्रफुल्ल दाहाल र युनिक लियोका अध्यक्षमा अभिषा निरौला रहनुभएको थियो।

पदभार ग्रहण कार्यक्रममा लियो भाइबहिनीहरूले नृत्य प्रस्तुत गरेका थिए। नयाँ अध्यक्षहरूलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने अभिभावकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा लायन्स क्लबका लिडरहरूले शुभकामना व्यक्त गरेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्