२२ बैशाख २०८३, मंगलबार
Tags

जबरजस्ती करणीका आरोपित दुईजना पक्राउ

रणभूमी सम्वाददाता सोमबार, मंसिर ०१, २०८२

कञ्चनपुर / कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–२ बागबाणी बस्ने २२ वर्षीय दिपेन्द्र राना र २८ वर्षीय सुरेश राना रहेका छन्।

दिपेन्द्र र सुरेशले उक्त महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्