०५ मंसिर २०८२, शुक्रबार
Tags

१०३ ग्राम खैरो हेरोइनसहित बिराटनगर १६ बाट एकजना मानिस पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, मंसिर ०५, २०८२

बिराटनगर / जिल्ला मोरङको बिराटनगर महानगरपालिका–१६, दरहैया चोकबाट खैरो हेरोइनसहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर ५ गते शुक्रवार बिहान करिब ८ बजे भारततर्फबाट लागु औषध ओसारपसार हुँदै गरेको गोप्य जानकारीका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिराटनगरले विशेष चेकजाँच संचालन गरेको थियो।

पक्राउ परेका व्यक्ति मोरङ, सुन्दरहरैंचा नगरपालिका–१२, विराटचोक निवासी ३९ वर्षीय राजु बिक रहेको प्रहरीले जनाएको छ। उनी चलाइरहेको को–३८–प २३१७ नम्बरको मोटरसाइकल रोक्का गरी तलासी गर्दा उनले लगाएको पाइन्टको गोजीभित्र लुकाइछिपाइ राखिएको प्लास्टिकसहित ११५ ग्राम र प्लास्टिक हटाउँदा १०३ ग्राम खैरो हेरोइन फेला परेको हो।

प्रहरीले बिकको साथबाट एक थान मोबाइल फोन पनि बरामद गरेको छ। प्रारम्भिक सोधपुछमा उनले उक्त हेरोइन विभिन्न सेवा लिनेमध्ये व्यक्तिलाई बिक्री गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बरामद गरिएको हेरोइन, मोटरसाईकल र मोबाइलसहित पक्राउ परेका बिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्