०६ मंसिर २०८२, शनिबार
Tags

नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई फर्निचर सामग्री हस्तान्तरण

रणभूमी सम्वाददाता शनिबार, मंसिर ०६, २०८२

बिराटनगर / कटहरी गाउँपालिका वडा नंम्बर ५ ले नेपाल बाँतर सरदार समाज कल्याणकारिणी केन्द्रीय समितिलाई एक लाख ५० हजार रुपैयाँ बरावरको फर्निचर सामग्री हस्तान्तरण गरेको छ।

मिति २०८२ मङ्सिर ६ गते कटहरीमा आयोजित कार्यक्रमका बीच वडाअध्यक्ष सम्पतलाल सरदारले फर्निचरका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण गरिएको सामग्रीमा २ सेट सोफा, २ वटा टेबुल, २ वटा फलामको कुर्सी, एउटा स्टील दराज र ७५ वटा प्लाष्टिकको कुर्सी समावेश रहेको छ। यो सामग्री वडा कार्यालयको बजेटबाट उपलब्ध गरिएको छ।

वडाअध्यक्ष सरदारले कार्यक्रमका बीच कटहरी–५ मा निर्माणाधीन बाँतर जातिको पुर्खा प्रतिक गेड्बाबा मन्दिर निर्माणका लागि थप १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा बाँतर समाजका केन्द्रीय सभापती मखनलाल सरदार, सह अध्यक्ष शुभाष सरदार, महासचिव पदमकुमार सरदार, सचिव सोनेलाल सरदार र सल्लाहकार मोनलाल सरदारलगायत सामाजिक नेताहरु मौजुद थिए। उनीहरुले वडाअध्यक्ष सरदार सहित वडा कार्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

यस हस्तान्तरणले सामाजिक संस्थाहरुको विकास र जातीय समुदायको सांस्कृतिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्